अर्थ-वाणिज्य

डा. महेन्द्र विष्टले पाए महत्त्वपूर्ण नियुक्ती




काठमाडौं १ पुस । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त भएका छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।
नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले विष्टसहित दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो ।

प्रकाशित : १ पुस २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६