ब्रेकिंग न्युज

केपी ओलीको महानगरलाइ साथ : ललितपुर देशकै सबैभन्दा सफा शहर




काठमाडौं, पुस २ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहेको बताउनु भएको छ ।मंगलबार महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम भइरहेको पनि बताउनु भयो
प्रमुख महर्जनले प्रधानमन्त्री केपी शर्मा ओलीको दूरगामी दृष्टिकोणको कारण प्राचीन र ऐतिहासिक महत्वका सम्पदा गुणस्तरयुक्त बनेका बताउनु भएको छ । महर्जनले ओली प्रधानमन्त्री हुँदा ऐतिहासिक सम्पदा बनाउने सम्बन्धी छुट्टै ऐन बनाइदिएका कारण निर्माण व्यवसायीले बदमासी गर्न नपाएका बताउनु भयो । ललितपुरमा २०७२ सालको भूकम्प पछि क्षति भएका पुरातात्विक महत्वका सम्पदाहरू एक नम्बरका बनेका महर्जनको भनाई छ ।

केही निर्माण व्यवसायीको लापरबाहीका कारण ललितपुरमा कतिपय संरचना निर्माणको काममा ढिलाइ भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई त्यसमा हस्तक्षेप गर्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने हो भने ती काम पुरा नहुने स्थिति बनेको महर्जनले बताउनुभयो ।

महर्जनले धापाखेलको बाटो निर्माणमा भएको ढिलाइको कारण आफूहरूलाई निक्कै समस्या भएको बताउनुभयो । यसले महानगलाई निक्कै अप्ठेरो पारेको महर्जनले सुनाउनुभयो । नेपाल सरकारसँग सो सडक बनाउने बजेट नभए मुआब्जा केन्द्र सरकारले दिएमा सडक निर्माणको काम महानगरले गर्ने उहाँले बताउनुभयो ।

महर्जनले ललितपुर महानगरपालिका सबैभन्दा सफा नगर बन्ने अभियानमा लागेको जानकारी दिनुभयो । ‘हामी ललितपुर नगरपालिकालाई सबैभन्दा सफा नगरपालिका बनाउन चाहन्छौँ’, उहाँले भन्नुभयो । उहाँले सबैभन्दा लामो दिन ज्येष्ठ पूर्णिमालाई नेपालको म्युजिक डे घोषणा गर्न पनि माग गर्नुभयो । त्यसको इतिहास ललितपुरसँग जोडिएकोले सो दिनको विशेष महत्त्व हुने उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भन्नुभयो ।

ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउँदै मेयर महर्जनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

‘तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ,’ मेयर महर्जनले भन्नुभयो, ‘त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन ।’ उहाँले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको पनि बताउनु भयो ।

प्रकाशित : २ पुस २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६