कपिलवस्तु १० पुस ।
कपिलवस्तुका बाणगगा सहित जुम्लाको सिंजा र पर्साको पोखरीमा मालपोत र नापीको एकिकृत सेवा कार्यलय स्थापना गर्ने निर्णय सरकारले गरेकोछ । नेपाल सरकार मन्त्री परिषदको पौष ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वजेट बनाउदा कपिलवस्तु लगायतका स्थानमा मालपोत र नापीको एकिकृत सेवा कार्यलय स्थापना गर्ने गरि वजेट विनियोजन गरिएको वताउनु भयो । सोही अनुसार गत असौजमै मन्त्री परिषदमा प्रस्ताव पेश गरेर मालपोत र नापीको एकिकृत सेवा कार्यलय स्थापना गर्न भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव पेश गरेको भएपनि अर्थ मन्त्रालयले विस्तृत संगठन ढाचा सहितको प्रस्ताव पेश गर्न भन्दै सहमति नदिए पछि निर्णय हुन सकेको थिएन ।
यता मन्त्री अधिकारीले अर्थ मन्त्रालयहरुको परम्परागत काम गर्ने शैलीका कारण वजेटमा ब्यवस्था भएको काम समेत हुन नसकेको भन्दै ध्यानाकर्षण गराएसंगै प्रधानमन्त्रीको कडा निर्देशन पश्चात यसै हप्तामा सबैप्रकृया पुरा उक्त निर्णय हुन सफल भएको हो । यसैबीच नयाँ स्थापना हुने ३ कार्यलय मध्ये सबै भन्दा पहिला पर्साको पोखरीयामा उद्घाटन हुने भएको छ । प्रधानमन्त्री यहि पौषको दोश्रो हप्ता पोखरीया जाने कार्यक्रम तय भएकोले सोही क्रममा सो कार्यलय समुद्घाटन हुन सक्ने भूमी ब्यवस्था मन्त्री अधिकारीले वताउनु भयो । बाणगंगाको कार्यलय पौष महिना भित्रै उद्घाटन गर्ने तयारी गरेको मन्त्रालयले जुम्लाको कार्यलय भने फागुनमा मात्र उद्घाटन हुन सक्ने मन्त्रीका प्रमुख स्वकिय सचिव भेषराज पाण्डेले जानकारी दिनु भयो । पाण्डेका अनुसार मालपोत र नापीको एककिृत सेवा कार्यलय स्थापना मालपोत र नापीलाई क्रमश स्थानीय तहमा हस्तान्तरण गर्ने संविधानको भावना अनुसार भएको हो ।
११ पुस २०८१, बिहिबार
प्रतिक्रिया