कपिलवस्तु १२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेको बताएका छन् ।सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेको बताएका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहीवार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए।’सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचारविरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे ।
अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छझउनले भने, ‘सरकारले जागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रबद्र्धन र भ्रष्टाचारविरुद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिताको निगरानी छ । प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको भनाइ उनको छ ।’
‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ’, उनले भने, ‘प्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाई पनि गुनासो मार्फत अघि बढाउन सक्नुहुन्छ ।’मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ ।
‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ । यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ’, उनले भने, ‘भ्रष्टाचार विरुद्धको अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।’प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तिकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो ।सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बोधन गरिने बताए ।
प्रतिक्रिया