कपिलवतु । एकाईगत रुपमा शनिवार एकै पटक चार स्थानमा सभा सम्पन्न भएका छन् । जस अनुसार जीतपुर स्थित एकाइगत सभा सञ्चालक समिति उपाध्यक्ष कुलराज पौडेलको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कपिलवस्तु बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष श्री दोर्णराज सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका ऋण अधिकृत ईश्वरराज न्यौपानेको सञ्चलान र कमला खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको संस्थाको मुख्य कार्यालय चार नम्बर जीतपुरले जनाएको छ ।
बाणगंगा मा.वि लौगाइमा सम्पन्न सभाका लागि संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीको प्रमुख अतिथ्यता रहेको थियो । बाणगंगा नगरपालिका प्रतिनिधी सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा राधेश्याम न्यौपाने, दिपेन्द्र विक्रम पौडेल, देवका भण्डारीले मन्तब्य राख्नु भएको थियो । विष्णु मल्लको संचालनमा सम्पन्न कार्यक्रममा वोडगाउँ सेवा केन्द्र संयोजक हुमनाथ पौडेलले स्वागत मन्तब्य राख्नु भएको संस्थाको वोडगाउँ सेवा केन्द्रले जनाएको छ ।
जनचेतना आधारभुत विधालय बनगाईमा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासेको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । बाणगंगा नगरपालिकाका कार्यकारी प्रमुख श्री भक्तिराम मसासिनीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम भलवाड सेवा केन्द्र संयोजक धुव्र बेल्वासेको सञ्चालन र पार्वता खड्का भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको बनगाई सेवा केन्द्र प्रमुख कोपिला रेग्मीले बताउनु भयो । सभामा सस्थाका सल्लाहकार अर्जुन प्रसाद खरेल, यम बहादुर खत्री, कमला सुवेदी अधिकारीले मन्तब्य राख्नु भएको थियो ।
प्रगतिनगर सेवा केन्द्रमा सम्पन्न सभा संस्थाका कोषाध्यक्ष चीरन्जीवि पन्थको अध्यक्षता, बाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीको प्रमुख अतिथ्यता तथा प्रगतिनगर सेवा केन्द्र संयोजक चेतनारायण ढकालको स्वागत मन्तव्य र संस्थाका व्यवस्थापक दिनामणी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको प्रगती नगर सेवा केन्द्रले जनाएको छ । १ दर्जन बढी राष्ट्रिय तथा अन्य विधाबाट पुरस्कृत सहकारीमा हाल ११ हजार बढी सेयर सदस्य रहेका छन् ।
प्रतिक्रिया