ब्रेकिंग न्युज

एमाले वैठकमा तीन नेतामाथिको कारवाही सच्याउन माग , सर्बसहमतले अनुमोदन




काठमाडौं २२ पुस । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्व उपाध्यक्ष भीम रावलसहित तीन नेतामाथि गरिएको कारबाहीको निर्णय सच्याउन आवाज उठेको छ ।
आइतबारको बैठकमा पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनु पर्ने आवाज उठेको हो । केन्द्रीय सदस्यहरू झपट रावल र प्रकाश शाहले सो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । शाहले पार्टी सभापतिमा हारेका व्यक्तिलाई कांग्रेसमा शेरबहादुर देउवाले राष्ट्रपति बनाएको उदाहरण दिँदै भीम रावलमाथिको निष्कासन पुनर्विचार गर्न आग्रह गरे ।
त्यस्तै झपट रावलले पार्टीमा रावलमाथिको कारबाहीको असर देखिन थालेको बताएका थिए । अरु सदस्यहरुले भने रावलमाथिको कारबाहीबारे आवाज उठाएनन् । वैठकमा निर्णय पुनर्विचारको आग्रह भए पनि भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरिएको छ ।

प्रकाशित : २१ पुस २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६