कपिलवस्तु २१ पुस ।नेपालमा लोकतन्त्र चलिरहेको छ कि दलतन्त्र, यस विषयमा पर्याप्त बहस हुनसकेको देखिँदैन । आवरणमा लोकतन्त्र देखिए तापनि यथार्थमा दलतन्त्र हाबी रहेको स्पष्ट छ । साना ठूला सबै दल अस्तित्व र वर्चश्वको सङ्घर्षमा लिप्त देखिन्छन् । ठूला र निरन्तर सत्ताधारी दलहरू वर्चश्व कायम राख्न खेलका नियम बदलेर भए पनि वा उल्लङ्घन गरेर भए पनि बलमिच्याइँ गर्न सदैव तत्पर छन् । यिनीहरूले नै संविधान बनाएका छन् । खेलका अरू सबै नियम पनि यिनीहरूले नै बनाएका छन् । तर, ती संविधान र नियममा कुनै पनि प्रकारको आस्था र विश्वास काङ्ग्रेस र एमालेजस्ता दललाई नै छैन । ठूला दल असुरक्षाभावले ग्रस्त देखिन्छन् ।
सिलसिलेबार केही घट्ना (क्रोनोलोजी)हेरौँ । नयाँ दलहरूलाई बन्ध्याकरण गर्न संविधान २०७२ मा थ्रेसहोल्डको कडा व्यवस्था गरियो । संविधान जारी भएलगत्तै डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी गठन भयो र स्थानीय चुनाव २०७४ मा भाग लिने निधो गर्यो । तर, ठूला पार्टीले अनेक जालझेल गरी उक्त पार्टीलाई चुनाव चिन्हबाट वञ्चित गरे । नयाँ संविधान जारीपछि बनेको केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले साना दल तोड्फोड् गर्न अनेक हरकत गरेको इतिहास ताजा नै छ । अहिले काङ्ग्रेसको स्वार्थमा रास्वपालाई ध्वस्त पार्नु छ । एमालेको स्वार्थमा माधव नेपालको पार्टीलाई ध्वस्त बनाउनु छ । सीके राउत र रेशम चौधरीहरूलाई पनि तह लगाउनु छ । तसर्थ संसद्लाई छलेर अध्यादेशमार्फत दलसम्बन्धी विधेयक ल्याउने प्रपञ्च गरिँदैछ ।
तर, यो भन्दा पनि खतरनाक योजना संविधान संशोधनको हो । अग्रगामी संशोधन गरे त राम्रो हो । तर, वर्तमान सरकारको गठन नै साना र वैकल्पिक दललाई निषेध गर्ने अथवा कम से कम परिसीमन गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ । यसका लागि ठूला दुई दलले संसदीय व्यवस्थाको आधारभूत मान्यतालाई नै दाउमा राखिदिएका छन् । संसदीय र बहुदलीयताको आधारभूत मान्यता विपरीत सत्ताधारी र प्रमुख प्रतिपक्ष हुनुपर्ने दल मिलेर सरकार बनाउन पुगेका छन् । यो भनेको भारतमा काङ्ग्रेस र भाजपा, अमेरिकामा रिपब्लिकन र डेमोक्र्याट तथा ब्रिटेनमा लेबर र कन्जरभेटिभको मिलिजुली सरकार बने जस्तै हो, जुनकी तत् तत् देशमा असम्भव छ । झट्ट हेर्दा प्रधानमन्त्री ओलीले यी सबै हर्कत गर्न चाहेको देखिन्छ तर काङ्ग्रेस यो षड्यन्त्रमा बराबरको साझेदार छ । ओलीको काँधमा बन्दुक राखेर बहुदलीयता, संसदीयता र लोकतन्त्रको चिरहरण गर्न काङ्ग्रेस पनि बराबरी रूपमा नै लागिपरेको छ ।
प्रष्ट नै छ, दुवै ठूला पार्टीहरू अनुकुलताको राजनीति गरिरहेका छन् । यिनीहरूका लागि संविधान, कानून, नीति नियम फगत खेलौना हुन् । लोकतन्त्र, संसदीय मूल्य मान्यता, जनताका भावना र आदि इत्यादिका कुराहरू भन्नका लागि मात्रै हुन् । खेलका नियम उनीहरूकै अनुकुलतामा हुनुपर्छ र गोलपोष्ट सार्ने सुविधा पनि उनीहरूसँग नै हुनुपर्दछ । सीधा शब्दमा भन्नुपर्दा यहाँ जङ्गलको नियम छ । सक्नेले जे पनि गर्न सक्दछ र जे पनि गर्न पाउँछ ।
स्पष्ट छ, नेपालमा दलतन्त्र छ र यो तन्त्र जालझेल र छलकपटको जगमा अडेको छ । यस्तोमा यहाँ मूल्यको राजनीति ९मोरल पोलिटिक्स० गरेर पार पाउँछु भन्नु भैंसीलाई पुराण सुनाउनुजस्तै हुन्छ । यसको लागि नयाँ र वैकल्पिक भन्नेहरूले कम्तिमा व्यावहारिक राजनीति ९रियल पोलिटिक्स० गर्नुपर्छ । धरातलले के मागेको छ, त्यो हेर्नुपर्छ ।
अहिले नयाँ र साना दलहरूको पनि प्रवृत्ति कस्तो छ भने एक दुईवटा एजेण्डा समात्यो, भावनात्मक ९इमोशनल कार्ड० कुरा गर्यो र छ दश सिट जितेर दङ्ग गजक्क पर्यो, सत्ताको आनन्द लियो । सङ्कट नआउन्जेल मस्ती गर्यो, आसन्न सङ्कट चढिसकेपछि संरक्षण खोज्दै अनेक दैलो र चैटो धाउन थाल्यो । स्पष्ट छ, यो भनेको अपरिपक्वता हो । वैकल्पिक र नयाँ भन्ने दलहरूको कथा यही छ अहिलेसम्म । सानासाना पसल थापेर त्यही ठूला दलसँग बार्गेनिङ गर्यो, सत्ता साझेदारी भन्यो, कुरा मिलुन्जेल ठीक, तलमाथि हुनेबित्तिकै विदेश गएको मन्त्री फर्केर एयरपोर्टमा ल्यान्ड भएको हुँदैन, मन्त्री पद नै चेट भैसकेको हुन्छ ।
सत्ताको रसास्वादन गर्नुपर्यो भने साना दल पनि आफैँले भन्ने गरेका सबै नैतिकता र आदर्शका कुरा बिर्सन्छन् । सत्ताबाट गलत्याइने बित्तिकै छोटी मुंह बडी बात गर्न थाल्छन् । यही प्रवृत्तिको कारण साना दलको पनि विश्वसनीयता धरापमा छ । आज काङ्ग्रेस एमाले मिलेर कसाइको काम ९बुचरिङ० गरे भने कसैले पनि अफशोच गर्ने अवस्था छैन । नेपालका ठूला दल र नेतृत्वको पूरा पङ्क्तिहरू नै यो एककाइसौँ शताब्दीमा पनि कविलाई मानसिकता ९ट्राइबल माइन्डसेट० मा छन् । यिनीहरू बृहत् अन्तरक्रियामा हुँदैनन् । कोटरीमा हुन्छन् र चाकरी चाप्लुसीबाट चलायमान हुन्छन् । शङ्कैशङ्का र हल्लै हल्लामा यिनीहरू जे पनि गर्न सक्छन् ।
समग्रमा नेपालमा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति बसिसकेको छैन अहिले । यिनै दलहरू हुन् जसले लोकतन्त्रका लागि लडे र ल्याए पनि । तर, एउटा पद्धति बस्न नपाउँदै यिनीहरू आसेपासेवाद ९क्रोनीइज्म० मा फसेका छन् । तसर्थ आफूलाई नयाँ र वैकल्पिक भन्ने दलहरू पुराना दलभन्दा अलग देखिनु अपरिहार्य छ । यिनीहरूले भनेअनुसार आफूलाई लोकतान्त्रिक देखाउनुपर्छ, बृहत् अन्तरक्रियामा जानुपर्छ र उदार अनि परिपक्व व्यवहार देखाउनुपर्छ । आफूलाई बचाउन अनि पोस्न हैन, बरु राजनीतिमा आएको जनता, समाज र देशलाई रूपान्तरण गर्नका लागि हो । सबभन्दा जरूरी कुरा सुशासन र डेलिभरी हो, त्यसमा कटिबद्ध छु भन्ने देखिनुपर्यो ।
परिस्थितिलाई रूपान्तरण गर्न साना र नयाँ शक्तिहरू पहिले आफू रूपान्तरण हुनुपर्यो । नेपाली राजनीतिमा नयाँ दल, नयाँ राजनीति भन्नासाथ त्यो वैकल्पिक हो कि भन्ने भ्रम उत्पन्न हुन्छ । तर, त्यो वास्तविकता होइन । कतिपय नयाँ दल र पात्रहरू प्रतिगामी र अति दक्षिणपन्थी राजनीति गर्छु भनेरै मैदानमा आएका छन् । तिनीहरू पनि वैकल्पिक राजनीतिमा आएका हुन् कि भन्ने प्रकारका भ्रमहरू देखिएका छन् । पहिलो चुनौती नै वैकल्पिक राजनीतिको सीमा के हो छुट्याउनुमा देखिन्छ ।
नयाँमा पञ्चायती विचार ९ओरिएन्टेसन० भएमा त्यो वैकल्पिक राजनीति हुन्छरहुँदैन प्रष्ट सीमा देखिनुपर्छ । काङ्ग्रेस, एमाले र माओवादीजस्तै संसदीय, बहुदलीय र छक्कापन्जाको राजनीति गर्छु भनेमा त्यो वैकल्पिक राजनीति हुन्छ कि हुँदैन प्रष्ट सीमा देखिनुपर्छ । सङ्कीर्ण स्वार्थ समूहको लागि मात्र राजनीति गर्छु, शक्ति साझेदारी मात्र अभिष्ट हो भनेर प्रष्ट भनेकाहरू वैकल्पिक राजनीति गर्न आएका हुन् वा हैनन् त्यो पनि प्रष्ट हुनुपर्छ ।
अर्को कुरा युवा भन्नासाथ त्यो वैकल्पिक राजनीति नै हो कि हैन त्यो पनि प्रष्ट हुनुपर्छ । मान्छे युवा हुने तर, एजेण्डा प्राचीन खालको बोक्ने हो भने त्यो वैकल्पिक हो कि हैन प्रष्ट हुनुपर्छ । उदाहरणको लागि राजा फर्काउँछु, हिन्दुराष्ट्र ल्याउँछु, सङ्घीयता र समावेशिता खत्तम गर्छु भन्ने समूह वा दलहरू वैकल्पिक हुन् कि हैनन्, यो कुरामा प्रष्ट हुनुपर्छ ।
यावत् प्रतिकूलताका बावजुद पनि जनताले निरन्तर वैकल्पिक शक्ति खोजिरहेको स्पष्ट देखिन्छ । वैकल्पिक शक्तिहरू आफू प्रष्ट नभएपछि जनता पनि दिग्भ्रमित भएका छन् र अन्ततः पुरानै शक्तितिर फर्किएको अवस्था देखिन्छ । नत्र त स्थानीय चुनाव होस् कि संसदीय चुनाव, हरेक अवसरमा जहाँजहाँ वैकल्पिक तागत दृढतापूर्वक उभिए, जनताले भोट दिए र जिताए ।
भर्खरकै स्थानीय तहको लागि भएको उपचुनावमा पनि काङ्ग्रेस, एमाले र माओवादीले आफ्ना पुराना सिटहरू जोगाउन सकेनन् । वैकल्पिक दलहरू असमञ्जसको अवस्थामा हुँदा जनताले काङ्ग्रेसको ठाउँमा एमाले, एमालेको ठाउँमा माओवादी, माओवादीको ठाउँमा काङ्ग्रेस, यस्तै गरेर छान्न पुगे । तर, स्पष्ट र दृढ विकल्प दिने हो भने पुराना मक्किएका दल चुनावद्वारा नै ढल्ने निश्चित छ ।
अतः अबको विकल्प चुनावी ध्रुवीकरणको हो । सानासाना पसल थापेर एक्लाएक्लै अभिमन्यु बन्नुको सट्टा अबको राजनीतिक चक्रव्यूह तोड्न सबै वैकल्पिक दल एक हुनुको विकल्प छैन । एकता गर्न सक्नेहरू एकता गरे हुन्छ र एकता सम्भव नभए कम्तिमा सबै वैकल्पिक दलले संयुक्त मोर्चाको निर्माण गरे जनतामा गज्जबको सकारात्मक सन्देश जान सक्छ ।
अहिलेको अवस्था जब काङ्ग्रेस एमाले हुकुमीतन्त्रतर्फ अग्रसर छ, नयाँ र वैकल्पिक दलले अहङ्कार त्याग्नुपर्छ र सबै एक ठाउँमा गोलबद्ध हुनुपर्छ । यो उपयुक्त समय पनि हो । साझा न्युनतम कार्यक्रम बनाएर अहिलेदेखि एकताबद्ध भएर अगाडि बढ्ने हो भने २०८४ सम्म वैकल्पिक दल वा मोर्चाको माहोल स्वतः बन्छ । ज्ञातव्य छ, यसको लागि अब सत्ता समीकरणको खेलबाट अलग हुन आँट गर्नुपर्यो, एक दुई थान मन्त्री हुने लोभ त्याग गर्नुपर्यो र बढी भन्दा बढी जनताको बीचमा वैकल्पिक राजनीतिको सन्देश पुर्याउने साहस देखाउनु पर्यो ।
प्रतिक्रिया