कपिलवस्तु । सिनर्र्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो केन्द्रिय सभाले समृद्धिका निम्ति सहकार्यलाई जोड दिदै मुल प्रकरणका रुपमा अगाडी बढाउने निर्णय गरेको छ । सहकारीले आफ्ना मुख्य पाँच कार्यलाई ठोस कार्यान्वयनका निम्ति योजना निर्माण गर्दै केन्द्रिय सभा सम्पन्न गरेको संस्थाले जनाएको छ ।संस्थाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत समृद्धिको यात्रालाई सहयोग पु¥याउने गरी कार्य योजना निर्माण गरेको हो ।सहकारीले मुख्य गरी सहकारी बजार, कोशेली घर र कृषि उपज खरिद विक्री केन्द्रको संचालन मार्फत स्थानिय कृषक र उद्यमीका उत्पादनलाई उचित मूल्यमा खरिद गर्दै बजारीकरणको स्पष्ट नीति अवलम्बनमा जोड दिएको छ । सहकारीले स्थानिय तह, प्रदेश , संघ, दातृ निकाय, संघ संस्थाहरुसंगको सहकार्यमा उद्यमशिल प्रर्वधनमा विशेष योगदान पुयाउने निर्णय गरेको हो । सभाले कर्जा लगानीलाई उत्पादनमूलक कर्जा प्रवाहमा जोड दिदै साना कर्जा प्रर्वाहलाई प्राथमिकता दिने निर्णय लिएको संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेद्धारा सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
केन्द्रिय साधारण सभाले संस्थाका सचिव कृष्णप्रसाद न्यौपानेले तयार पारेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिती संयोजक डि.बी.रेश्मी मगरले तयार पारेको वार्षिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ ।
त्यस्तै संस्थाको आर्थिक बर्ष २०८१।०८२ को वार्षिक नीति कार्यक्रम तथा बजेट, आर्थिक बर्ष २०८०।०८१ को लाभांश वितरण, संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधी संशोधन, आर्थिक बर्ष २०८१।०८२ को लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक, दीर्घकालिन सम्पत्ति खरिद एव् दीर्घकालिन ऋण लिने प्रस्ताव समेत केन्द्रिय सभाले पारित गरेको संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले बताउनु भयो । सभाले साधारण सभाको एकाई सभा र केन्द्रिय सभाका प्रतिनिधीबाट निर्णय प्रमाणिकरण कार्य सम्पन्न गरेको संस्थाका उपाध्यक्ष कूलराज पौडेलले बताउनु भयो ।साधारण सभामा राष्ट्रिय सहकारी विकास वोर्डका निवर्तमान कार्यकारी सदस्य गुणानिधी भुसालले सहकारीको वर्तमान अवसर र चुनौतीका विषयमा प्रस्तुती गर्नु भएको थियो । सभामा राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासेले सहकारीका राष्ट्रिय, अन्तराष्ट्रिय अभ्यास र अनुभवका विषयमा प्रस्तुती गर्नु भएको थियो ।
लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेज प्रसाद आचार्यले स्थानिय स्तरमा सहकारीका सन्दर्भमा देखा परेका अवसर र समाधानका उपायका सन्दर्भमा आफ्नो धारणा राख्नु भयो । सभामा बाणगंगा नगरपालिकाका सहकारी शाखा प्रमुख सन्जु आचार्यले सहकारी संस्था र नयमक निकायको भूमिका विषयमा पस्तुती राख्नु भएको थियो ।संस्थामा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न विधामा सम्मान गरेको छ ।
बोडगाउँ स्थित सहकारी बजारका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बजार संयोजक कृष्ण प्रसाद न्यौपाने, संस्थाको केन्द्रिय कार्यालय निर्माण एवम् संस्थागत पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने भवन निर्माण समितिका संयोजक चिरन्जीवि पन्थ र भवन निर्माण समितिका सदस्य विष्णुप्रसाद न्यौपाने र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नुहुने शंकर पाण्डेलाइइ दोसल्ला र प्रशंसा पत्रबाट सम्मानित गरेको छ । त्यस्तै संस्थागत विकासमा लामो समय ब्यवस्थापनको नेतृत्व गर्ने ब्यवस्थापक दिनामणी खनाललाई ब्यवस्थापनको उत्कृष्ट नेतृत्व गर्न सफल भएकोमा दोसल्ला, प्रशंसा पत्रबाट सम्मानित गरेको छ । त्यस्तै १० वर्ष बढी निरन्तर कार्यालय सहयोगीको रुपमा उत्कृष्ट कार्य गर्ने कार्यालय सहयोगी टिका श्रेष्ठलाई दोसल्ला, प्रशंसा पत्रबाट सम्मानित गरेको छ । सभाको उद्घाटन् सभाका जेष्ठ सदस्य दामोदर आचार्य, संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले संयुक्त रुपमा गर्नु भएको थियो ।केन्द्रिय सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, उपाध्यक्ष कूलराज पौडेलको स्वागत मन्तब्य र सचिव कृष्ण प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया