प्रदेश

समुदायको सम्पत्तिका रुपमा युनाईटेड अस्पताल : प्रदेश सभा सदस्य पंथी



कपिलवस्तु । युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथीले समुदायको सम्पत्तिको रुपमा अस्पताललाई विकास गर्नुपर्नेमा जोड दिनु भयो । प्रदेश सभा सदस्य पंथीले नेपालको सबै भन्दा बढी चिकित्सक समावेश रहेको अस्पतालको रुपमा युनाईटेडलाई विकास गर्ने संस्थाको लक्ष्यले संस्थाको फरक पहिचान निर्माण हुने जिकिर गर्नु भयो । प्रदेश सभा सदस्य पंथीले सिंगो कपिलवस्तुको विकासका निम्ति अस्पतालको भूमिका महत्वपूर्ण रहने बताउनु भयो ।कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने, जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्य, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, नागरिक अगुवा दोलख बहादुर पछाई, डा. कृष्ण खनाल, डा. राजेन्द्र खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : २८ पुस २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६