काठमाडौं २८ पुस । सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको एकै पटक सरुवा गरेको होसरुवा सूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सविचमा सरुवा भएको छ भने मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयकमा सरुवा भएको छ ।
महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत सचिव बिनोदप्रकाश सिंहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको सिंह कार्यरत रहेको कार्यालयमा सरुवा भएको छ।उपराष्ट्रपति कार्यालयमा कार्यरत लक्ष्मीकुमारी बस्नेतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ भने उक्त मन्त्रालयका सचिव दिनेश भट्टराईको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ यस्तै निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव भरतमणी सुवेदीको आयोगमा सरुवा भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने बागमती प्रदेश सरकारका प्रमुख सचिव डा।हरिप्रसाद लम्साललाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।यस्तै कर्णाली प्रदेश सरकारको प्रमुख सचिव चुणामणी शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलको कर्णाली प्रदेश प्रमुख सचिवमा सरुवा भएका छन्।
यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका छन् भने सहसचिव बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेश सरकारको कायममुकायम ९कामू० प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यस्तै मदन भुजेललाई पनि मधेश प्रदेश सरकारको कामू प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । सहसचिव अधिकारी र भुजेल अब सचिव बढुवाको लाइनमा रहेका छन् ।
कामू प्रमुख सचिवको जिम्मेवारी पाएका सहसचिव अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा द्धिपक्षीय क्षेत्रिय व्यापार महाशाखा एवम मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छन् । भुजेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीम छन् ।
प्रतिक्रिया