अर्थ-वाणिज्य

बाणगङ्गामा मालपोत र नापीको सेवा माघको अन्तिम हप्ताबाट शुरु हुने



कपिलवस्तु, ९ माघ ।कपिलवस्तुको बाणगङगाामा मालपोत र नापी कार्यलयको सेवा माघको अन्तिम हप्ता बाट शुरु हुने भएको छ । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाणगङगामा मालपोत र नापी कार्यलय स्थापनाको तयारी अबलोकन गर्दै यस्तो बताउनु भएको हो । सो अबसरमा बाणगङगाका मेयर चक्रपानी अर्यालले भवनमा पार्टेशनको काम भैरहेको र यो सकिन अझै कम्तिमा १५ दिन लाग्ने बताउनु भयो । काम सकिनासाथ उद्घाटन गर्न मिल्ने अर्यालले बताउनु भयो ।स्थलगत अबलोकनमा मन्त्री अधिकारीका साथ पुग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्व अर्यालले सो क्षेत्रमा सुरक्षा प्रबन्धक मिलाउन आफ्नो अग्रसरता रहने बताउनु भयो । मालपोत कार्यलय तौलिहवाका प्रमुख दुबिन्द्र बस्याल र नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले सरकारले जनतालाइ सुबिधा पुराउन गरेको निर्णय कार्यान्वयन गर्न आफुहरु आतुर रहेको जानकारी दिनु भयो ।मन्त्री अधिकारी सहितको स्थलगत अवलोकनकर्तामा भुमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेल एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीका प्रमुख स्वकीय सचीव भेषराज पाण्डे बाणगङ्गा ८ का अध्यक्ष बाबुराम अर्याल ७ का अध्यक्ष बिष्णु गिरी सहित स्थानीय वार्डका अगुवाहरुको उपस्थिति थियो ।

प्रकाशित : ९ माघ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६