अर्थ-वाणिज्य

एक ६८ वर्षीय पुरूषको घरेलु हतियार प्रहारबाट हत्या




प्युठान १९ माघ । प्यूठानमा एक ६८ वर्षीय पुरूषको हत्या भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।उपाध्यायको अनुहारमा गहिरो घाउ खत देखिएको हुँदा उनीमाथि घरेलु हतियार प्रहार भएको हुन सक्ने डिएसपी बस्यालले बताएका छन् । उपाध्यायको शव शुक्रबार बिहान ९ बजेतिर खुमबाट नारीकोट जाने कवलपति वनको भित्री बाटोमा शव फेला परेको थियो ।
उपाध्याय सामान्य खेती किसानी गर्ने व्यक्ति थिए । उपाध्यायको हत्या आशंकामा प्रहरीले तीन–चार जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । ‘हामी हत्यामा संलग्न व्यक्तिको नजिक पुगेका छौं, आरोपी उम्कन सक्ने अवस्था छैन’, ’ डिएसपी बस्यालले भने । घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ४६ किलोमिटर टाढा पर्छ ।

प्रकाशित : १९ माघ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६