ब्रेकिंग न्युज

पू्र्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी छैन : उप प्रधानमन्त्री



काठमाडौं १ चैत ।उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले पू्र्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेको बताएका छन् ।नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रियामा मन्त्री सिंहले यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको जिकिर गरे ।०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छै,’ उनले भने उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त गरेको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । ‘प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको उनको भनाइ छ ।कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले एकतावद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए । गुट–उपगुट छोडेर एकताबद्ध हुन सके कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित : ३० फाल्गुन २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६