ब्रेकिंग न्युज

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने



४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
‘ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुन्छौं,’ प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई भन्यो, ‘दुईपक्षीय सीमा व्यवस्थापन समूह (वोर्डर वर्किङ ग्रुप) को गृहसचिव स्तरीय बैठक त्यसअघि दिल्लीमा बस्छ । नेपालले तयारी सुरु गरिसक्यो ।’

आज आइतबार बीडब्लुजीको बैठक तयारीका लागि बैठक राखिएको छ ।

गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली–मोदी एक्लाएक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसंग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने छ ।
नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो ।
कात्तिकमा मोदी काठमाडौं आउने मोटामोटी समझदारी
यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।
तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित : ५ श्रावण २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६