खोज–अनुसन्धान

विकास र पहिचानको नयाँ युग तर्फ बाणगंगा, “ब्राण्ड र विलिभ” अभियान कार्यान्वयनमा तिव्रता



कपिलवस्तु, श्रावण ८
विकास र पहिचानको नयाँ युग तर्फ प्रवेश गरेको बाणगंगाले “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” अभियान कार्यान्वयनमा तिव्रता दिएको छ । आफ्नै मौलिकता बोकेको बाणगङ्गा नगरपालिकाले आ.व. २०८२÷०८३ को बजेट कार्यान्वयनका निम्ति पालिकाको पहिलो वैठकबाट कार्यतालिका पारित गरि कार्यान्वयनलाई तिव्रता दिएको हो ।
नगर प्रमुख चक्रपाणी अर्यालले “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” सपना अब ब्यवहारमै कार्यान्वयनमा अगाडी बढेको स्पष्ट पार्नु भयो । नगरको समृद्धि र पहिचान झल्कने “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” कार्यान्वयन संगै बाणगङ्गा नगरपालि आफैमा आत्म निर्भर तर्फ अगाडी बढेको स्पष्ट पार्नु भयो ।
नगर प्रमुख अर्यालले नीति तथा कार्यक्रमलाई स्थानियकरणमा जोड दिएको बताउनु भयो । “समृद्ध बाणगङ्गाको मूल आधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पूर्वाधार”मूल प्रकरण बनाएको बाणगङ्गा नगरपालिको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमले मुख्य गरी स्वास्थ्य, पर्यटन, उद्यमशिलता, पूर्वाधार र कृषि मार्फत स्थानिय स्तरमै आय आर्जन र रोजगारी श्रृजना गर्ने कार्यमा जोड रहेको नगर प्रमुख अर्यालले स्पष्ट पार्नु भयो ।
नगरले आगामी वर्ष कृषि तथा पशु विकास पकेट क्षेत्र विस्तार, साना सिंचाई तथा कृषिमा यानित्रकरण आयोजना संचालनमा जोड दिने भएको छ । नगरले पर्यटन सर्किट तथा धार्मिक तथा पर्यटकिय क्षेत्रमा लगानी, शहरी सडक पूर्वाधार निर्माण तथा चक्रपथ विस्तार, फोहरमैला ब्यवस्थापन केन्द्र निर्माण तथा पूर्ण सरसफाई अभियान, नगर बसपार्क निर्माण तथा सहर सौन्दर्यकरण, साना सहरी विकास कार्यक्रम तथा ढल निकास कार्यक्रम, एक घर एक धारा कार्यक्रम तथा स्वच्छ खानेपानि परिपुर्ती अभियान, राष्ट्रिय स्तरको खेलकुद मैदान र रगशाला निर्माण तथा अनुशासित प्रतिस्पर्धी यूवा निर्माण र आधुनिक खेल विकास , पिपरा अस्पताल ,आयुर्वेद स्वास्थ केन्द्र प्रविधिी सम्पन्न भवन निर्माण जस्ता विषयगत क्षेत्रमा नगरको उच्च प्राथमिकता रहेको स्पष्ट पार्नु भयो ।
त्यस्तै कार्यक्रम मार्फत कृषि उपज संकलन केन्द्र, हार्ट बजार निर्माण तथा आन्त निर्भर कार्यक्रम, गौ संरक्षण तथा एनिमल रिसर्च सेन्टर निर्माण, औधोगिक ग्राम पूर्वाधार निर्माण तथा औधोगिक कोरिडोर स्तर उन्नती, बाणगंगा कोरिडोर, बाणगङ्गा बहुउद्देश्यीय सभा हल निर्माणको कामले यस वर्ष गति लिने बताउनु भयो । नगर प्रमुख अर्यालले एक बन एक उद्यम कार्यक्रम तथा प्राकृतिक श्रोतको सही सदुपयोग, स्मार्ट सिटी तथा सेटलाईट सिटी निर्माण र स्वाच्छ वातावरण निर्माण, साँस्कृतिक संग्राहलय, प्रविधि सम्पन्न पुस्ताकालय तथा अन्तर पुस्ता सिप हस्तान्तरण विषयवस्तुलाई नगरले प्राथमिकताका साथ बजेट बिनियोजन गरेको स्पष्ट पार्नु भयो ।
नगर उपप्र्रमुख रिता कुमारी चौधरीले समय सापेक्ष डिजिटल प्रशासन तथा सूचना प्रविधी मैत्री नागरिक सेवा, आत्म निर्भर कार्यक्रम, राष्ट्रिय तथा प्रादेशिक अभियान परिपूर्ण तथा जनताको खुसियाली अभिवृद्धि, दिगो विकासका लक्ष्यहरुलाई क्रमशः स्थानियकरण तथा पूर्व नीतिको निरन्तरतामा जोड दिएको बताउनु भयो ।
सार्वजनिक, नीजि, साझेदारी, सहकारी क्षेत्रको पूजी परिचालन, भू ब्यवस्थापन तथा गरिवी निर्वारण, शिक्षामा आधुनिकीकरण, प्रविधीकरण तथा निशुल्क शिक्षा अभियान, सामानुपातिक समावेशी तथा अधिकारमा आधारित विकासमा नगरले बजेटको ब्यवस्था गरेको बताउनु भयो ।
पालिकाको सोमवार सम्पन्न पहिलो वैठकले खरिद गुरु योजना निर्माण, टेण्डर प्रकाशन, सम्बन्धित शाखालाई अख्तियारी प्रदान गर्ने लगायतका महत्वपूर्ण विषयमा निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनु भयो । “ब्राण्ड बाणगङ्गा, विलिभ बाणगङ्गा” लाई निकै महत्वका साथ लिनुहुने प्रमुख प्रशासकिय अधिकृत पंथीले यसको कार्यान्वयनसंगै समृद्ध नगरको परिकल्पना पुरा हुने तफ नगर अगाडी बढने विश्वास ब्यक्त गर्नु भयो ।

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६