ब्रेकिंग न्युज

कुलिङ पिरियडबारे ओली, प्रचण्ड र देउवासँग छलफल गर्दै संसदीय छानबिन विशेष समिति



११ साउन, काठमाडौं ।

कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ ।
पहिलो ः कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?
दोस्रो ः यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ?
यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारी समितिको छ ।यसो गर्दा गर्दा शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन् त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास छ ।
प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निश्कृय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ ।
राष्ट्रिय सभाले पनि विधेयक अगाडि बढाएको छ । राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर समेत संशोधन परेका छन् । यस्तो संशोधन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसदहरूबाट परेको छ ।यो अवस्थामा संसदीय छानबिन विशेष समितिले शीर्ष तीन नेतासँग छलफल गर्न लागेको हो ।गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।
समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।
नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको बताएपछि गत शुक्रबार सात दिनको समय थप दिइएको छ ।
अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६