ब्रेकिंग न्युज

सन्धिखर्क–गोरुसिंगे सडक खण्ड छिनछिनमा अवरोध



अर्घाखाँची ।
सन्धिखर्क–गोरुसिंगे सडक छिनछिनमा बन्द हुने र खुल्ने गरेको छ । तीन दिनदेखि लगातार परेको पानीका कारण पहिरो खस्ने, रुख ढलेर बाटो अवरुद्ध पर्ने गरिरहेको छ ।

माथिबाट पहिरो खसेर र रुख ढलेर सन्धिखर्क–गोरुसिंगे सडक बन्द हुने गरेको छ । शीतगंगा नगरपालिका ठाडादेखि पथ्थरकोटसम्म र सन्धिखर्क क्षेत्रको घुम्ती–नरपानीका ठाउँ ठाउँमा सडक माथिबाट पहिरो खसिरहेको छ ।

स्थानीय र सुरक्षाकर्मीले अवरोध हटाए पनि छिनछिनमा पहिरो खसेकाले पूर्ण रूपमा सडक नखुलेको सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिए ।

शीतगंगाकै सितापुर र ठाडा क्षेत्रमा छिनछिनमा पहिरो खस्ने गरेको छ । तीन दिनदेखि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय सडकमै बसेर खसेको पहिरो हटाउने कार्य गरिरहेको उनले बताए ।

प्रहरी निरीक्षक झलकप्रसाद शर्माले डोजर बाटोमै राखिएको र जतिबेला पहिरो खस्छ त्यहीँ पुगेर बाटो हटाउने कार्य बिहानैदेखि जारी रहेको बताए । नरपानी–घुम्ती आसपासमा निरन्तर पहिरो छिनछिनमा खसिरहेको उनले बताए ।

पहिरो खसेपछि बाटो अवरुद्ध हुन्छ, त्यसपछि त्यहीँ पुगेर हटाएपछि यातायात सुचारू हुने र पहिरो, ढुंगा र रुख ढल्दा पहिरो नहटाउँदासम्म केही घण्टा यातायात ठप्प हुने गरेको शर्माले बताए ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६