ब्रेकिंग न्युज

सिद्धार्थ क्याम्पसको नवनिर्मित ३ तले भवनको उद्घाटन



कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक विशेष समुद्घाटन समारोहका बीच बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
यस भवनको तत्कालीन राष्ट्रिय सभा सदस्य (हाल राष्ट्रिय सभा उपाध्यक्ष) विमला घिमिरेले २०७८ साल जेठको २० गते शिलान्यास गर्नुभएको थियो ।
क्याम्पस प्रमुख वेदराम अर्यालले करिब १ करोड ६५ लाख १२ हजार ८५४ रुपैयाँको लागतमा सम्पन्न भवन निर्माणमा बाणगंगा नगरपालिकाबाट १ करोड २५ लाख रुपैयाँ, लुम्बिनी प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ र बाँकी रकम क्याम्पसको आन्तरिक स्रोतबाट जुटाइएको जानकारी दिनुभयो । तीनतले सो भवनमा १२ वटा कोठाहरू रहेका छन् ।
भवन उद्घाटन गर्दै नगरप्रमुख अर्यालले सिद्धार्थ क्याम्पसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै नगरपालिकाले यस संस्थालाई सदैव पहिलो प्राथमिकतामा राख्दै बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
नगरप्रमुख अर्यालले उच्च शिक्षाको पहुँचलाई गाउँगाउँसम्म पु¥याउने अभियानमा सिद्धार्थ क्याम्पसले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको विकास बिना समृद्ध समाजको कल्पना गर्न सकिन्न, यस क्याम्पसको पूर्वाधार सुदृढीकरणले बाणगंगाको शैक्षिक उचाइ थप बढ्नेछ ।”
उहाँले बाणगंगा नगरपालिकालाई लुम्बिनी प्रदेशकै शैक्षिक हवका रुपमा विकास गर्न आफुहरुले चाहेको बताउनुभयो । सोको आधार तयार गर्न नगरले बर्षौदेखि यहाँका शैक्षिक संस्थाहरुमा लगानी गर्दै आएको र त्यसको परिणाम पछिल्ला दिनहरुमा देखिन थालेको उहाँको भनाई छ । उहाँले २०८१ सालको एसईईको नतिजामा बाणगंगाका १६ जना विधार्थीहरुले ४ जिपिए ल्याउनु त्यसको प्रमाण भएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्बर शर्माले क्याम्पसको समृद्ध भविष्य निर्माणमा तीनै तहका सरकार तथा समुदायको सहकार्य उदाहरणीय रहेको बताउनुभयो । उहाँले सिद्धार्थ क्याम्पस कपिलवस्तुको शैक्षिक धरोहरका रूपमा रहेको भन्दै क्याम्पसलाई सुविधा सम्पन्न बनाउन आफुहरु लागिपरेको बताउनुभयो ।
साथै, क्याम्पसका पूर्व अध्यक्ष तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष झविलाल पोख्रेल, स्ववियु सभापति मनोज न्यौपाने लगायतका वक्ताहरूले आआफ्नो धारणा व्यक्त गर्दै क्याम्पसले गुणस्तरीय शिक्षाका साथै आधुनिक शिक्षण सिकाइका प्रविधि अपनाउन थालेको भन्दै थप पूर्वाधार विस्तारको खाँचो औंल्याउनुभएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक रवि बहादुर काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक कुलराज भुसालले गर्नुभएको थियो।
उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६