ब्रेकिंग न्युज

महत्वपूर्ण निर्णय गर्दै कार्य ब्यवस्था समितिको वैठक सम्पन्न



कपिलवस्तु श्रावण २१


नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी लुम्बिनी प्रदेश कार्य ब्यवस्था समितिको वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । वैठकले महासंघको सल्लाहकारमा उद्योगीका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएका पूर्ण बहादुर भण्डारी, भेषराज पाण्डे र तिल प्रसाद भट्टराईलाई मनोनयन गरेको महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारीले जानकारी दिनु भयो । सोही वैठकले महासंघको कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोविन्द्र मरासीनि , प्रेस सल्लाहकारमा विष्णु प्रसाद घिमिरे र आर्थिक सल्लाहकारमा सि.ए. प्रमोद पंथीलाई मनोनयन गरेको महासंघका महासचिव नेगन सिंह कुवरले जानकारी दिनु भयो । वैठकमा महासंघ अध्यक्ष को आय ब्यय विवरण कोषाध्यक्ष माया खनालले प्रस्तुत गर्नु भएको थियो ।
महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा कपिलवस्तुको चन्द्रौटामा बुधबार सम्पन्न कार्य ब्यवस्था समिति वैठकले दीर्घकालिन आर्थिक ब्यवस्थापन, रिक्त सदस्य मनोनयन, लगायतका विषयमा तयारी गरेको महासंघका उपाध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले जानकारी दिनु भयो । वैठकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवम् निवर्तमान अध्यक्ष नेत्र प्रसाद पाठकले उद्यमीका वर्तमान समस्या र समाधानका वारेमा आफ्नो धारणा राख्नु भएको थियो । सोही वैठकमा महिला उद्यमी समितिका निवर्तमान अध्यक्ष शान्ति शर्माले महिला उद्यमशिलता प्रवर्धनमा जोड दिनु पर्ने धारणा राख्नु भयो ।
वैठकले भाद्र पहिलो साता एक दिवसिय महिला उद्यमशिलताको विषयमा अन्तरक्रिया सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २२ श्रावण २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६