ब्रेकिंग न्युज

जनताका निम्ति आफु लडिरहेको मन्त्री अधिकारीअधिकारीद्धारा २८ जग्गा धनी पुर्जा वितरण



कपिलवस्तु श्रावण २४
भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एक कार्यक्रमका बीच २८ थान लाल पुर्जा वितरण गर्नु भएको छ । मन्त्री अधिकारीले बाणगंगा नगरपालिका वडा नं.७ मा बसोबास गर्ने भूमिहीन, दलित, सुकुम्बासी र ब्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पुर्जा प्रदान गर्नु भएको हो । २ विघा १३ कठ्ठा जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री अधिकारीले जनताका अधिकारीका निम्ति आफु निरन्तर लडि रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मन्त्री अधिकारीले सुकुम्बासी आयोगलाई अधिकार सम्पन्न बनाउदै जनताको हितमा काम गर्न सरकार आतुर रहेको स्पष्ट पार्नु भयो । मन्त्री अधिकारीले भूमि सम्बन्धी नीतिगत सुधारका निम्ति आफु लागि परेको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य सिराज अहमद फारुकी, लुम्बिनी प्रदेश सभा सदस्यउ गिरधारीलाल न्यौपाने, सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्खले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीको स्वागत मन्तब्य र नगरपालिकाका योजना प्रमुख शान्ताराज आचार्यको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले करिव ५ सय जग्गा धनी पुर्जा प्रमाण वितरण गर्ने र नगरका सबै वडामा कामलाई तिव्रता दिने बताउनु भयो ।
कार्यक्रममा सुकुम्बासी आयोगका पूर्व अध्यक्ष डम्मर शर्मा, कृष्ण पौडेल, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, सुकुम्बासी आयोगका सदस्य, माल पोत कार्यालय तौलिहवाका प्रमुख, नापी कार्यालय तौलिहवाका प्रमुख लगायतको आतिथ्यता रहेको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६