ब्रेकिंग न्युज

अधुरा आयोजनाहरु कार्यान्वयन गर महालेखा प्रतिवेदन

आर्थिक अनुशासनमा कायम राख्न जोड ः संयोजक पंथी



लुम्बिनी , श्रावण २५
महालेखा परीक्षकको प्रतिवेदनले अधुरा आयोजनाहरु पुरा गर्ने गरी कार्यक्रम बनाउन लुम्बिनी प्रदेश सरकारलाई ध्यान दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारको सार्बजनिक लेखा समिति (बेरुजु फर्छोट उपसमितिले आर्थिक अनुशासन कायम राख्दै बेरुजु फछर्योटलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको हो । सार्वजनिक लेखा उपसमिति संयोजक विष्णु प्रसाद पंथीले महालेखा परीक्षकको सातौं प्रतिवेदनमा समावेश र औल्याइएका विषयलाई छलफलमा प्रष्ट पार्नु भएको थियो ।
सार्वजनिक लेखा समिति (बेरुजु फर्छोट उपसमिति) ले महालेखा परीक्षकको प्रतिवेदन मा औल्याइएका विषयमा लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री चेतनारायण आचार्य, मन्त्री, सचिव सहितका उच्च अधिकारीसंग आइतबार भालुवाङ्गमा छलफल सम्पन्न गरेको छ ।
महालेखाले नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेट तथा कार्यक्रममा अनिवार्य जोडन, आवधिक योजनालाई प्राथमिकतामा राखेका कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्न ,विभिन्न अनुदान ब्यवस्थापनमा ध्यान दिनुपर्ने प्रतिवेदनमा समावेश गरेको संयोजक पंथीले बताउनु भयो । वैठकमा बेरुजु फछर्योटको उपलब्धी मासिक रुपमा समितिमा प्रतिवेदन बुझाउन जोड दिइएको बताइएको छ ।

प्रकाशित : २७ श्रावण २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६