कपिलवस्तु
कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समुहले साझेदारी वनको संरक्षण, संबद्र्धन, दीगो उपयोग, बातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा एवं गरिबी न्यूनीकरणमा उल्लेखनीय कार्य गर्दै आएको छ । सोहि क्रममा उक्त साझेदारी वनले वनको अतिक्रमित जग्गालाई संरक्षण गर्नुका साथै वृहत वृक्षरोपण समेत गरेको छ । वनले बाणगंगाका वरवा र दानापुर क्षेत्रको ६७ हेक्टर जमिनमा १ लाख विरुवा वृक्षरोपण सम्पन्न गरेको वनका अध्यक्ष दिनेश जयसवालले जानकारी दिनुभयो ।
टिक, सिसौ, सतिसाल, सृस, जामुन, मोरिङ्गा, बाँस, बबुल लगायतका विभिन्न महत्वपुर्ण विरुवाहरु रोपिएको बताईएको छ । त्यस्तै बरवा दानापुर क्षेत्रमा अतिक्रमित जग्गाको तारवार सहित उपभोक्ताहरुलाई सचेत समेत गराईएको छ । त्यस्तै वृक्षरोपण गरिएका विरुवाहरुको सिंचाईका लागि २ वटा बोरिङ्ग समेत निर्माण गरिएको छ भने उक्त बोरिङ्गबाट बन्यजन्तुले तृष्णा मेट्न सक्ने छन् ।
उक्त कार्यका लागि बुटवल नारायणगढ पश्चिम खण्डको सहयोग तथा पटना सव डिविजन कार्यालयको प्राविधिक सहयोग रहेको थियो । उक्त सहयोग गर्ने संस्थाहरुलाई वनका अध्यक्ष जयसवालले आभार एवम् कृतज्ञता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया