ब्रेकिंग न्युज

सूचकका आधारमा कार्यान्वयन गछौं नगर प्रमुख अर्याल



श्रावण २९ गते
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सूचकको आधारमा परियोजनाहरुको कार्यान्वयन गर्ने गरेको बताउनु भयो । नगर प्रमुख अर्यालले उत्थानशिल, अनुकुलन र समावेशी नेपाल परियोजनाको उद्घाटन गर्दै यस्तो धारणा राख्नु भएको हो । नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकाले कुनै पनि परियोजना लागु गर्नु पूर्व समुदायको आवश्यकता र औचित्यता पुष्टी पश्चात मात्र परियोजनाहरु कार्यान्वयन गर्ने गरेको स्पष्ट पार्नु भयो ।
विषयवस्तु माथि प्रकाश पार्दै रेन परियोजनाका लुम्बिनी प्रदेश अनुकुलन संयोजक संजिव श्रेष्ठले स्थानीयकरण र समावेशीकरणमा परियोजना केन्द्रित रहेको स्प्ष्ट पार्नु भयो । संयोजक श्रेष्ठले परियोजनाले सामुदायिक उत्थानशिलता बढाउने र पूर्व सूचना, पूर्व कार्य र अनुकूलनमा जोड दिएको बताउनु भयो । परियोजना संयोजक श्रेष्ठले नेपालको लुम्बिनी प्रदेश र मधेश प्रदेश कार्य क्षेत्र रेन परियोजनाको रहेको र कपिलवस्तु जिल्लाका बाणगांगा, बुद्धभूमि, शिवराज, महाराजगञ्ज, कपिलवस्तु र यशोधरा पालिकामा कार्यक्रम लागु गरेको जानकारी दिनु भयो ।
विशेषगरी विपतको विषयमा कार्य गर्ने परियोजनाले विपतको पूर्व तयारी र विपतबाट जोगिने उपायका बारेमा स्थानिय तह र समुदायिक सस्थाहरुको भूमिका के हुन सक्छ भन्ने कार्यक्रमको विषयवस्तु केन्द्रित रहेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटन समारोह नगर प्रमुख चक्रापाणी अर्यालको अध्यक्षता, नगरका प्रवक्ता तथा वडा न.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको स्वागत मन्तब्य र शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।


कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सामुदायिक बनका प्रतिनिधी, सहकारीका प्रतिनिधी , सञ्चारकर्मीको लगायतको उसभागिता रहेको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६