ब्रेकिंग न्युज

प्रकोप ब्यवस्थापनको दीर्घकालिन

योजना निर्माणमा जुटदै बाणगंगा नगरपालिका नगर प्रमुख अर्याल



श्रावण ३०, गते
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रकोप ब्यवस्थापनको अल्पकालिन तथा दीर्घकालिन योजना निर्माण मार्फत नगरपालिलाई सुरक्षित गरिने बताउनु भयो । नगर प्रमुख अर्यालले २१ औं शताब्दीको अत्याधुनिक विकास संगै जलवायु परिवर्तनले नेपाल जस्ता विकासशिल मुलुलकलाई चुनौतीको सामना गर्नु परेको धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले विश्व ब्यापी जलवायु परिवर्तनका कारण थुप्रै चुनौतीको सामना गर्नु परेको चर्चा गर्दै त्यसको सामना गर्न समयमै उपयुक्त योजना निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । नगर प्रमुख अर्यालले उत्थानशिल, अनुकुलन र समावेशी नेपाल परियोजनाको समापन समारोहमा यस्तो धारणा राख्नु भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिकाले विपतका क्षेत्रमा थुप्रै काम सम्पन्न गरेको चर्चा गर्नु भयो । उपप्रमुख चौधरीले
नगरको चौथर्फी विकासमा आफुहरुले ध्यान पु¥याउदै आएको धारणा राख्नु हुदै परियोजना लागु गर्नु पूर्व समुदायको आवश्यकतालाई ध्यान दिदै कार्यक्रम कार्यान्वयन गरिने बताउनु भयो ।
दुइृ सम्म सञ्चालित कार्यक्रममा बाणगंगा नगरपालिकाका भित्रका बाडी तथा डुबान प्रभावित वडा एवम् बस्तीको पहिचान गर्नुका साथै त्यसको न्यूनिकरणका उपायका बारेमा बाणगंगा नगरपालिकाले ठोस योजना निर्माण गरेको छ । सोही कार्यक्रममा खडेरी प्रभावित वस्तीको पहिचान गर्नुका साथै त्यसको न्यनीकरणका लागि योजना निर्माण गरेको हो । दुई दिन सम्म चलेको छलफलबाट वातावरण मैत्री नमुना गाउँका लागि समेत बस्तीहरुको पहिचान गरेको हो । कार्यक्रममा मूल संरक्षण, पोखरी मर्मत, बाँध निर्माण गरी पानी संरक्षण, सिचाई योजना, वृक्षा रोपण, नहर निर्माण, बोरिङ्ग निर्माण, अग्नि रेखा निर्माण तथा सरसफाई, बन पैदावारमा आधारित जैविक मल उत्पादन, गोठ सुधार कार्यक्रम, रैथाने बालि प्रवर्धन लगायतका योजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।

विषयवस्तु माथि प्रकाश पार्दै रेन परियोजनाका लुम्बिनी प्रदेश अनुकुलन संयोजक संजिव श्रेष्ठले स्थानीयकरण र समावेशीकरणमा परियोजना केन्द्रित रहेको स्प्ष्ट पार्नु भयो । संयोजक श्रेष्ठले परियोजनाले सामुदायिक उत्थानशिलता बढाउने र पूर्व सूचना, पूर्व कार्य र अनुकूलनमा जोड दिएको बताउनु भयो । परियोजना संयोजक श्रेष्ठले नेपालको लुम्बिनी प्रदेश र मधेश प्रदेश कार्य क्षेत्र रेन परियोजनाको रहेको र कपिलवस्तु जिल्लाका बाणगांगा, बुद्धभूमि, शिवराज, महाराजगञ्ज, कपिलवस्तु र यशोधरा पालिकामा कार्यक्रम लागु गरेको जानकारी दिनु भयो ।
विशेषगरी विपतको विषयमा कार्य गर्ने परियोजनाले विपतको पूर्व तयारी र विपतबाट जोगिने उपायका बारेमा स्थानिय तह र समुदायिक सस्थाहरुको भूमिका के हुन सक्छ भन्ने कार्यक्रमको विषयवस्तु केन्द्रित रहेको बताउनु भयो ।
कार्यक्रमको समापन समारोह नगर प्रमुख चक्रापाणी अर्यालको अध्यक्षता र बाणगंगा नगरपालिकाका उपसचिव

खिम बहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सामुदायिक बनका प्रतिनिधी, सहकारीका प्रतिनिधी , सञ्चारकर्मीको लगायतको उसभागिता रहेको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६