बागमती

भारतीय विदेश सचिव मिश्री काठमाडौँमा



काठमाडौँ।
भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारीबारे छलफल गर्ने बताइएको छ।

आफ्नो भ्रमणका क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : १ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६