चितवन ।
चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोला नजिक मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान पहिरो खस्दा करिब ४ घण्टा आवागमन अवरुद्ध भएको छ ।
बिहान ४ः०० बजेतिर माथिबाट ढुंगासहितको ठूलो पहिरो खस्दा दुवै तर्फको सवारी सञ्चालन रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो स्थानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
बाटो खुलाउन डिभिजनले दुईवटा ‘जेसिभी’ परिचालन गरी पहिरो पन्छाउने काम गरेको थियो ।लगातारको प्रयासपछि बिहान ८ः१० बजेदेखि दुबै तर्फको सवारी साधन सञ्चालनमा आएको सडक डिभिजनले जानकारी दिएको छ ।
१ भाद्र २०८२, आइतबार








प्रतिक्रिया