खेलकुद

नेपालको जितको प्रतीक्षा लम्बियो, टप इन्ड सिरिजमा तेस्रो पराजय



कपिलवस्तु
अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो ।
मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ अघि बडाएका थिए । तर स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काए । उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएपछि मेलबर्न १७५ रनमा रोकिएको थियो ।

जवाफी ब्याटिङमा नेपालले आक्रामक सुरुवात गर्यो । ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन हान्दै नेपाललाई चाहिएजस्तो सुरुवात दिलाएका थिए । उनी आउट भएपछि तेस्रो नम्बरमा ल्याइएका भीम सार्की चलेनन् । उनी एक रनमै आउट भए । त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि बलियो साझेदारी गर्दै नेपालको आशा जगाए ।
तर कप्तान पौडेलले ३१ बलमा ३३ रन बनाएर आउट भएपछि नेपाल फेरि दवावमा पर्यो । यद्यपि, नेपालसँग ब्याटरहरुको कमि थिएन । एक इन्डमा आसिफ टिकिरहँदा अर्को इन्डबाट आक्रमण गर्ने नेपालको रणनीति थियो । तर आसिफ दुर्भाग्यपूर्णरुपमा रनआउट भए । कुशल मल्लसँग तालमेल नमिल्दा उनले एकदमै महत्वपूर्ण समयमा विकेट गुमाउनुपर्यो । आसिफले ४९ बलमा १ छक्का र तीन चौकाको सहयोगले ५३ रन जोडेका थिए ।
आसिफ हुँदासम्म नेपाललाई रनरेटको भारले थिचिसेको थियो । छैटौं नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी बाउन्ड्री निकाल्ने प्रयासमा एक रनमै आउट भए । उनी खराब फर्मबाट गुज्रिरहेका छन् । कुशल पनि ११ बलमा ११ रन जोडेर आउ भए । आसिफ शेख र गुल्शन झा क्रिजमा आउँदासम्म नेपालको जित आशा मरिसकेको थियो ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६