ब्रेकिंग न्युज

मेयरले बजेट नहालिदिएको भन्दै वडाध्यक्षको राजीनामा, दुई वर्षपछि स्वीकृत



दाङ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो ।
नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।
एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
पार्टीको नीति विपरीत कार्य गरेको भन्दै वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा कारबाही गरेको थियो । राजीनामा स्वीकृतसँगै शाह पदमुक्त भएका छन् ।
उनको राजीनामा स्वीकृत भएपछि ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । शाह काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६