ब्रेकिंग न्युज

बाणगंगा नगरको प्रकोप ब्यवस्थापनको प्राथमिकता सूचि



कपिलवस्तु, भाद्र २


बाणगंगा नगरपालिकाले प्रकोप ब्यवस्थापनका निम्ति प्राथमिकताको सूचि तय गरेको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । उत्थानशिल, अनुकुलन र समावेशी नेपाल (रेन) परियोजनाको सहजीकरणमा विहिवार र शुक्रबार दुई दिन सम्म संचालित सरोकारवालाहरुको सहभागितामा सम्पन्न अभिमुखीकरण कार्यक्रमबाट प्रकोप ब्यवस्थापनको प्राथमिकताको सूचि तयार पारेको बाणगंगा नगरपालिकाले जनाएको छ ।
प्रकोप ब्यवस्थापनको प्राथमिकताको सूचिमा मुख्य गरी बाणगंगा नगरपालिकाका भित्रका बाडी तथा डुबान प्रभावित वडा एवम् बस्तीको पहिचान गर्नुका साथै त्यसको न्यूनिकरणका उपायका बारेमा बाणगंगा नगरपालिकाले ठोस योजना निर्माण गरेको जनाएको छ ।
प्राथमिकताको सूचिमा खडेरी प्रभावित वस्तीको पहिचान गर्नुका साथै त्यसको न्यनीकरणका लागि योजना समेत निर्माण गरेको उपप्रमुख रिता कुमारी चौधरीले बताउनु भयो । स्चििमा वातावरण मैत्री नमुना गाउँका लागि समेत बस्तीहरुको पहिचान गरेको बताइएको छ । त्यस सूचि अन्र्तगत मूल संरक्षण, पोखरी मर्मत, बाँध निर्माण, पानी संरक्षण, सिचाई योजना, वृक्षा रोपण, नहर निर्माण, बोरिङ्ग जडान, संरक्षण, अग्नि रेखा निर्माण तथा सरसफाई, बन पैदावारमा आधारित जैविक मल उत्पादन, गोठ सुधार कार्यक्रम, रैथाने बालि प्रवर्धन लगायतका योजनाहरु बाणगंगा नगरपालिकाले आफ्नो मुख्य प्राथमिकतामा राखिएको जनाएको छ ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६