ब्रेकिंग न्युज

कृष्णनगरमा सफाइ क्रान्ति मेयर शाहको निर्देशनमा फोहोर फाल्ने पक्राउ



व्यापारिक केन्द्र कृष्णनगर बजारलाई स्वच्छ र हराभरा बनाउन कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई धमाधम कारबाही गर्न सुरु गरेको छ।

जथाभावी फोहर फाल्नाले व्यापारिक नगरी कृष्णनगर बजार दुर्गन्धित र कुरुप बनेपछि कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्ने सर्वसाधारण र व्यापारीलाई कारबाही थालिएको मेयर रजत प्रताप शाहले बताए।

गत साउन २८ देखि नै जथाभावी फोहर फाल्ने विरुद्ध कारबाही अभियान नै थालिएको उनले बताए। नगरपालिका राजस्व शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार साउन २८ देखि भदौ ४ गतेसम्म ३१ जनालाई कारबाही गरी २६ हजार जरिवाना असुल गरिएको छ।

नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७५ अनुसार कारबाही गरिएको हो। नगरपालिकाले फोहर सङ्कलनका लागि दैनिक ट्र्याक्टर पठाउने गरेको छ। यस्तै सरसफाइकर्मी समेत परिचालन गरेको छ। तर अटेर गर्दै जथाभावी बाटो नालीमा फाल्ने गरिएकाले त्यस्तो कार्य रोक्न यो अभियान थालिएको मेयर शाहले बताए। सरसफाइको अनुगमन निरीक्षण र कडाइ गर्न बजार क्षेत्रमा ६ जना नगर प्रहरी समेत परिचालन गरिएको शाहले बताए। कार्यविधिअनुसार ५ देखि १५ हजार जरिवाना लिन पाउने प्रावधान रहेको छ।

तर पहिलो पटकका लागि ५ सय देखि एक हजार जरिवाना तोकिएको छ। फेरि त्यस्तो गरेको पाइए जरिवाना दोब्बर असुल्ने गरी सूचना जारी गरिएको छ। नगरपालिकाले फोहर व्यवस्थापनमा कडाइ गरेपछि अहिले कृष्णनगर बजार सफा देखिएको व्यापारीहरू बताउँछन्।

नगरपालिको यो अभियानमा सबैले साथ दिनुपर्ने उनीहरूको भनाइ छ। उता कवाड व्यवसायीलाई समेत आफ्नो मालसामान व्यवस्थित राख्न र फोहर नगर्न नगरपालिकाले सूचना निकालेको छ। कवाड व्यवसायीले सार्वजनिक स्थलमा फोहर गरेको पाइए ५ हजार जरिवाना तिराउने जनाइएको छ।

पहिलो चरणमा कृष्णनगर बहादुरगञ्ज बजारलाई स्वच्छ र हराभरा बनाउन यो अभियान चलाइएको हो। अभियानलाई अन्य सहरी क्षेत्रमा विस्तार गरी लैजाने मेयर शाहले बताए। कृष्णनगर क्षेत्र देशकै प्रमुख १० भन्सार नाकामध्ये एक हो। यस्तै आन्तरिक राजस्व कार्यालय, विद्युत्, खानेपानी लगायतका कार्यालय समेत यहाँ छन्।

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६