ब्रेकिंग न्युज

सामुहिक प्रयासबाट विकृती अन्त्य गर्नु पर्नेमा मुख्य मन्त्री आचार्यको जोड



देउखुरी, भाद्र ४

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिलाई सामाजिक रुपान्तरणको अभियानसंग जोडन सामुहिक जिम्मेवारी र प्रयत्न आवश्यक रहेको बताउनु भयो । मुख्य मन्त्री आचार्यले धर्म र संस्कृतीमा वीचलन देखा पर्दा विकृति र विसंगतिले प्रसय पाउने धारणा राख्नु भयो ।
हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) ले आयोजना गरेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरु मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।
धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रन्छ । त्यसैले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी हो उहाँले भन्नु भयो ।
अहिले तीजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृति माथि धावा बोल्ने कार्य भएको टिप्पणी गर्नु भयो ।


कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाड पर्वले सामाजिक मूल्य–मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको धारणा राख्नुभयो ।
प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता बढेको बताउनु भयो ।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रुपमा लिने गरिएको उल्लेख गर्दै हरितालिका तिज पर्वले मानसिक स्वास्थ्यलाई टेवा पु¥याउने धारणा राख्नु भयो । तीजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।

प्रकाशित : ४ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६