ब्रेकिंग न्युज

विधान केन्द्रित एमाले विजयनगर



विजयनगर, ४ भदौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयनगर गाउँ कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमालेको दोस्रोे विधान महाधिवेशनको लागि आवश्यक मस्यौदा माथि सल्लाह, सुझाव केन्द्रित वैठक गाउँ पालिकाको सभाहल खडैचामा सम्पन्न भएको एमाले गााउँ कमिटीले जनाएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्‌ला इन्चार्ज गिरधारीलाल न्यौपानेले पार्टीको विद्यान मस्यौदा केन्द्रित आफ्‌ना धाराणा राख्नु भएको थियो ।

त्यसै गरी वैठकमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापा, एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज, जिल्ला सचिवालय सदस्य लक्ष्मी कुमारी चौधरी, दिपेन्द्र महरा लगायतले महत्वपूर्ण मन्तब्य राख्नु भएको गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिनु भयो । यसैगरी बैठकमा एमाले निकट विभिन्न जनवर्र्गीय संगठनका पदाधिकारीहरुको समेत सहभागीता रहेको गाउँ कमिटीका सचिव गोकर्ण प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६