ब्रेकिंग न्युज

जनप्रतिनिधी र सुरक्षा निकाय एकै साथ गौशाला



कपिलवस्तु, भाद्र ५

भागीरथी गौ संरक्षण विकास केन्द्र र कोठी गौशालाको एकै साथ जनप्रतिनिधी र सुरक्षा निकायका प्रमुखले अनुगमन गरेको छ । बाणगंगा नगरपालिकाले गौशाला संरक्षण र ब्यवस्गापनमा गरेका अनुभव र गौशालाको अवस्था बारे बुझ्न जनप्रतिनिधी र सुरक्षा निकायको टोली एकै साथ गौशाला पुगेको बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनु भयो ।


जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य नेतृत्वको टोलीले गौशालाको अनुगमन गरेको हो । अनुगमन टोलीमा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, कपिलवस्तु नगर प्रमुम सुदिप पौडेल, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मी तीन वटै सुरक्षा निकायका प्रमुख, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेल, वडा नं. ८ का अध्यक्ष बाबुराम अर्याल लगायतको टोलीले एकै साथ अनुगमन गरेको बाणगंगा नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनु भयो । कपिलवस्तुको बाणगंगा – ८ को मधुवन र बाणगंगा २ को कोठी क्षेत्रमा रहेका गौशाला संचालन एवम् ब्यवस्थापनमा बाणगंगा नगरपालिकाले विशेष ध्यान दिदै आएको छ ।

प्रकाशित : ५ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६