अन्तर्राष्ट्रिय

महाशक्ति राष्ट्रको हेपाहा प्रवृत्ति प्रति प्रदेश सभा सदस्य पंथीको कडा आपत्ति



कपिलवस्तु, भाद्र ७

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले छिमेकी महाशक्ति राष्ट्र चीन र भारतको हेपाहाा र मिचाहा प्रवृत्ति प्रति कडा आपत्ति जनाउनु भएको छ । प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री पंथीले नेपाली भुमी लिम्पियाधुरा, लिपुलेकलाई भारत र चीनले ब्यापारिक नाकाको रुपमा प्रयोग गर्ने सहमतिको आफ्नो फेसबुक स्टाटस मार्फत खुलेर आपत्ति जनाउनु भएको हो ।
प्रदेश सभा सदस्य पंथीले लिम्पियाधुरा लिपुलेक दिल्लीको सबैभन्दा नजिकको भारत चीन ब्यापारिक नाका मात्रै होईन यो कैलाश मानसरोवर तिर्थ यात्राको महत्त्वपूर्ण मार्ग पनि भएको हुँदा रणनीतिक महत्त्व रहेको भनिएको छ । त्यसैले यो भुभागमा भारतले आखाँ लगाएको छ ।

ब्रिटेन भारत सरकारले पटक पटक प्रकाशित गरेका नक्सा र महाकाली नदिको मुख्य धारा सहित दर्जन बढी ऐतिहासिक तथ्य प्रमाण भएको नेपाली भुभाग लाई हाम्रो दुर्गमता , दुरी र काठमाडौको कमजोरीको फाइदा उठाउदै भारतले गरेको हडप र दावा हेपाहा र मिचाहा प्रबृत्ति हो भनिएको छ ।

प्रदेश सभा सदस्य पंथी आफ्नो ब्यक्तिगत विचारमा भारतलाई यो भुभाग चाहिने नै हो भने नेपालीको एउटै स्वर र कुटनैतिक पहलमा पहिलो सट्टापट्टा दोस्रो लिजमा लिनेदिने गर्न सकिन्छ भनिएको छ ।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६