देश

युवा संघ बुद्धभूमिको नेतृत्वमा उपेन्द्र चौधरी निर्वाचित



कपिलवस्तु, भाद्र ७

राष्ट्रिय युवा नेपाल, बुद्धभूमिको दोस्रो अधिवेशनबाट उपेन्द्र चौधरीको अध्यक्षतामा २७ सदस्यीय नगर स्तरीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा आविद अहिनिहार, सचिव शिवराज यादव, कोषाध्यक्ष शंकर महारा, सहचिवमा विशाल घिमिरे, महिला उपसचिवमा हिमा घिमिरे निर्वाचित गरेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष तिलकराम गिरीले जानकारी दिनु भयो । निकै उत्साहजनक सहभागिता रहेको युवाहरुको बुद्धभूमिका सम्पन्न भेलाबाट नयाँ नेतृत्व चयन गरेको युवा संघ कपिलवस्तुले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथी एमाले केन्द्रिय कमिटी सदस्य वृजेश कुमार गुप्ताले युवाहरुको भूमिकालाई रचनात्मक बनाउनुपर्नेमा जोड दिदै समाजका विकृतीका विरुद्ध एकतावद्ध लाग्नु पर्ने धारणा राख्नु भयो । समाज परिवर्तनमा युवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै विकास निर्माणका एजेण्डाहरुमा समेत भूमिका खेल्न आग्रह गर्नु भयो ।


दोस्रो अधिवेशनमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्मा, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, प्रदेश सभा सदस्य भुपाल लामिछाने, राष्ट्रिय युवा नेपाल, कपिलवस्तु जिल्ला सह इन्चार्ज गोपालमणी ज्ञवाली, राष्ट्रिय युवा नेपाल, कपिलवस्तुका जिल्ला अध्यक्ष तिलकराम गिरी, एमाले नगर अध्यक्ष धुव्र न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६