कपिलवस्तु, भाद्र ९
स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा विजयनगर गाउँपालिका कपिलवस्तु जिल्लामा उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । कपिलवस्तु जिल्लाका पाँच गाउँ पालिका मध्ये संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट विजयनगर गाउँ पालिकाले ८७.५ अंक ल्याएर जिल्लामा उत्कृष्ट गाउँ पालिका बनेको हो । कपिलवस्तु जिल्लाका १० नगर÷गाउँपालिका मध्ये विजयनगर गाउँपालिका दोस्रो बन्न सफल भएको विजनगर गाउँ पालिका प्रमुख गोपाल बहादुर थापाले बताउनु भयो ।
विशेषगरी स्व मूल्याङकनका दश वटा क्षेत्रहरु र एक सय सूचकका आधारमा स्थानिय तहको संस्थागत क्षमता स्व.मूल्याङकन गर्ने गरिएको छ । दश क्षेत्रहरुमा जसमा सकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवम् आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।
स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्यांकनबाट पालिकाको कार्यसम्पादन, नीतिगत क्षमता, वित्तीय व्यवस्थापन, मानव संसाधन, सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता आदि पक्षमा सवल तथा सुधार आवश्यक छ भन्ने कुराको पहिचान गर्न मद्दत गर्ने विजयनगर गाउँपालिकाका उपप्रमुख लक्ष्मी कुमारी चौधरीले बताउनु भयो ।








प्रतिक्रिया