ब्रेकिंग न्युज

मायादेवी साझेदारी वनद्धारा पटना क्षेत्रमा १ हजार वृक्षरोपण सम्पन्न



कपिलवस्तु
सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ लक्ष्मी सनराइज बैंक पकडी शाखाले कपिलवस्तु जिल्लाको पटना क्षेत्रमा एक हजार बहुउपयोगी विरुवा रोपण गरेको छ । मायादेवी साझेदारी वन उपभोक्ता समूहको खाली जग्गामा गरिएको उक्त वृक्षरोपण कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय सरोकारवाला र उपभोक्ताको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग पटना सब–डिभिजन वन कार्यालयले गरेको थियो भने विरुवाको सहयोग मायादेवी साझेदारी वन उपभोक्ता समूहले उपलब्ध गराएको हो ।

“वन विनाशबाट जोगाउन सबैको जिम्मेवारी”
लक्ष्मी सनराइज बैंक पकडी शाखा प्रमुख वैधनाथ गुप्ताले वन संरक्षणलाई सबैको साझा जिम्मेवारी भन्दै वृक्षरोपणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “वन विनाशबाट जोगाउनु हाम्रो कर्तव्य हो। हामी सबै मिलेर यसलाई अघि बढाउनुपर्छ।”

पटना सब–डिभिजन वन कार्यालयका प्रमुख, वरिष्ठ वन अधिकृत सन्दीप वासुकलाले वन संरक्षण र संवद्र्धनका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले लक्ष्मी सनराइज बैंकलगायत संघ–संस्थाले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे ।

यसैगरी मायादेवी साझेदारी वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा वृक्षरोपणमार्फत वन संरक्षण, संवद्र्धन र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा नारायणगढ–बुटवल सडक आयोजना (पश्चिम खण्ड) को प्राविधिक टिम, स्थानीय उपभोक्ता समिति तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो । आयोजकले सबै सहयोगी पक्षलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : ९ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६