कपिलवस्तु भाद्र ९
राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे यतिखेर दिनहु जसो विकास निर्माणका काम प्रति चासो बढाउदै जानु भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे प्राविधिक टोली संगै योजना कार्यान्वयनका निमित स्थलगत अनुगमनमा ब्यवस्त बन्नु भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले प्राविधिक टोली र जनप्रतिनिधीसंगै योजनाहरुको स्थलगत अनुगमनलाई तिव्रता दिनु भएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनु भयो ।

घिमिरेले आ.व.२०८२÷०८३ को दुइ जिल्ला जोडने संघिय योजना चप्परगाउँ, ढोडेकोल, मोर्मि, जिनुवा, भर्लाबास हुदै अर्घाखाँची मुसिवाङ जोडने सडकको स्थलगत अनुगमन गर्नु भएको हो । उक्त योजनाको लागि संघिय सरकारबाट रु ३ करोड बजेट विनियोजन भएको हो ।








प्रतिक्रिया