कपिलवस्तु, भाद्र ९
भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुले आफ्नो कामलाई तिव्रता दिएको छ । यसै क्रममा भूमि समस्या समाधान आयोग जिल्ला समिति कपिलवस्तुले एक दिवसिय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कृष्णनगरमा सोबार सम्पन्न गरेको जनाएको छ ।
आयोगका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भूमि हिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि अन्तिम आवेदन दिनका लागि ३५ दिने सूचना प्रकाशित गरिएको जानकारी दिदै सरोकारवालाहरुलाई आवश्यक जानकारी दिएको बताउनु भयो ।
आयोगका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथी झविलाल पोख्रेलले अधुरो, अपुरो काम अगाडी बढाउन अनुसूची २ समेत भर्नका लागि ३५ दिने सूचना प्रकासिशत भएकोमा सो बारे कार्यक्रममा जानकारी दिएको जानकारी दिनु भयो ।

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रम सुकुम्बासी आयोग कपिलवस्तुका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य टोप बहादुर विक., नापी कार्यालय चन्द्रौटाकाका सर्वेक्षक सन्दिप सापकोटा लगायतले आयोगका कामका विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव लगायत सरोकारवालाहरुको सहभागिता रहेको सुकुम्बासी आयोग कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया