ब्रेकिंग न्युज

खुसी र हर्षको सीमा रहेन,सबका साथ सबका विकास



कपिलवस्तु भाद्र १०

एमाले बाणगंगा नगर कमिटी अध्यक्ष सोम अर्यालले आफ्नो फेसबुक स्टाटस मार्फत “खुसी र हर्षको सीमा रहेन, सबका साथ सबका विकास” सन्देश मार्फत धन्यवाद संगै कृतज्ञता प्रकट गर्नु भएको छ ।
नगर अध्यक्ष अर्यालले स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङकनमा बाणगंगा नगरपालिका देशकै दश उत्कृष्टको सूचिमा पर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको हो । संघिय मामिला मन्त्रालयको गुणस्तर परिक्षण स्व मूल्यांकनको अन्तिम परिणामबाट बाणगंगा नगरपालिकाले आ.व. २०८०÷०८१ मा राष्ट्रकै दश उत्कृष्ट गाउँ÷नगरपालिकाको सूचिमा बाणगंगा नगरपालिका, कपिलवस्तु ८९.७५ अंक प्राप्त गरी देशकै आठौं स्थानमा पर्न सफल भएको हो ।


एमाले नगर अध्यक्ष अर्यालले अहोरात्र जनताको सुख दुःखमा लडिरहने, खटिरहुने बाणगंगा नगर पालिकाका सम्पूर्ण जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी मित्रहरूको सम्पूर्ण टिमलाई विशेष धन्यवाद । नगरको सवल नेतृत्व प्रति २३ हजार घरधुरी झण्डै एक लाख नगरबासीको तर्फबाट हार्दिक आभार, धन्यवाद कृतज्ञता प्रकट गर्दछौं ।


अर्यालले मुलुककै ७ सय ५३ पालिकाहरू मध्ये स्वःमूल्याङ्कन सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन आर्थिक जवाफदेहिता जस्ता सूचाङ्क पुरा गरी मुलुककै आठौं स्थानमा पर्न र उभ्याउन सफलता प्राप्त गरेको सुखद् क्षणमा आगामी दिनमा पहिलो स्थान बन्ने सफलताको अग्रिम शुभेच्क्षा प्रकट गरिएको छ ।

प्रकाशित : १० भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६