ब्रेकिंग न्युज

फेमली डेन्टलको चम्किलो सफलता ः कपिलवस्तुमा पहिलो दन्त प्रत्यारोपण शल्यक्रिया सम्पन्न



बाणगंगा, कपिलवस्तु।

कपिलवस्तु जिल्लामा पहिलोपटक फेमिली डेन्टल केयर सेन्टर प्रा.लि मा दन्त प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) को सफल शल्यक्रिया सम्पन्न भएको छ। जिल्लाको बाणगंगा नगरपालिका–४, जितपुरस्थित क्लिनिकमा मंगलबार सम्पन्न उक्त शल्यक्रिया ऐतिहासिक उपलब्धि भएको बताइएको छ।

डेन्टलका सञ्चालक तथा वरिष्ठ हाइजिनिस्ट कृष्ण पोख्रेलले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। शल्यक्रिया डा. सम्राट पराईको नेतृत्वमा सम्पन्न भएको थियो।

डा. पराईका अनुसार, यसअघि यस्तो सेवा लिनका लागि बिरामीहरूलाई बुटवल वा काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो। अब कपिलवस्तुमै अत्याधुनिक प्रविधिसहितको दन्त प्रत्यारोपण सेवा उपलब्ध भएपछि स्थानीयबासीलाई सहज भएको छ।

सञ्चालक पोख्रेलका अनुसार, अनुभवी तथा दक्ष चिकित्सकहरूको सेवा, परामर्श र उच्चस्तरीय उपकरणको प्रयोगले गर्दा फेमिली डेन्टल बिरामीहरूको विश्वासको केन्द्र बन्दै गएको छ। यहाँ दैनिकरूपमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल तथा भैरहवा मेडिकल कलेजका चिकित्सकहरूद्वारा समेत सेवा प्रदान गरिँदै आएको छ।

फेमिली डेन्टलमा दाँत सफा गर्ने, फिलिङ, जरैदेखि उपचार, गिजा सम्बन्धी उपचार, दाँत उखेल्ने, कृत्रिम दाँत बनाउने, खोल लगाउने, बाँगो–टेढो दाँत सिधा गर्ने, दाँतको एक्स–रे लगायत सम्पूर्ण मुख स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध छन्।

यद्यपि क्लिनिक कपिलवस्तुको बाणगंगामा अवस्थित भए पनि अर्घाखाँची, रुपन्देही, दाङ, प्युठानलगायत छिमेकी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्।

प्रकाशित : १० भाद्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६