११ भाद्र २०८२, बुधबार
बुधबार नेप्से परिसुचक ५३।०१ अंकले बढेर २८१९।१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६।०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो ।
मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेन्टीभ इन्डेक्स ८।५२ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३।५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३।०६ अंकले बढेको छ । आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५१७।।२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
११ भाद्र २०८२, बुधबार








प्रतिक्रिया