ब्रेकिंग न्युज

विजयनगरमा प्रदेश सरकारको अनुगमन



कपिलवस्तु, भदौ १२

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीसहितको उच्चस्तरीय टोलिले कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन भएका विभिन्न विकास परियोजनाको अनुगमन गरेको छ ।
आर्थिक वर्ष ०८१÷८२ मा स्थानीय पूर्वाधार विकास सहयोग कार्यक्रम अन्तर्गत सम्पन्न खजहनी–छुटपाटी सडक, आधारभूत अस्पताल, शंकरपुर ताल, पिपरीको समयमाई मन्दिर लगायतका पूर्वाधार विकास कार्यको प्रमुख सचिव अधिकारीको नेतृत्वमा अनुगमन गरिएको हो।
अनुगमनपछि आगामी दिनमा सञ्चालन गरिने थप योजना, कार्यक्रम र पालिकाका प्राथमिकता सम्बन्धमा टोलि र गाउँपालिका बीच विस्तृत छलफल भएको विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिनुभयो ।


अनुगमन टोलीमा प्रदेश सरकारका विभिन्न निकायका सचिव, निर्देशक, इन्जिनियर तथा ीक्ष्क्ए त्ब् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । टोलीमा मुकुन्दराज पोख्रेल प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय, शम्भु दाहाल, प्रदेश सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृष्णबहादुर गाहा, प्रदेश सचिव, प्रदेश योजना आयोग, उमेश अर्याल कार्यक्रम निर्देशक प्रदेश नीति तथा योजना आयोग
विष्णुप्रसाद आचार्य, प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय, छुमनु गौतम, वरिष्ठ इन्जिनियर, शहरी विकास तथा भवन निर्माण प्राधिकरण, हरी पोख्रेल, वरिष्ठ इन्जिनियर, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, निलकण्ठ झा, वरिष्ठ इन्जिनियर, भवन निर्माण कार्यालय, बुटवल विष्णु खनाल, ीक्ष्क्ए त्ब्–एचयखष्लअभ ऋययचमष्लबतयच सरोज क्षेत्री, ीक्ष्क्ए त्ब् सदस्य, माधव क्षेत्री, ीक्ष्क्ए त्ब् सदस्य, सरिता मल्ल, ीक्ष्क्ए त्ब् सदस्य, सक्रिय सहभागिता सहितको यो अनुगमनले विजयनगरमा भौतिक पूर्वाधार तथा स्वास्थ्य क्षेत्रका आगामी योजनालाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको पालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६