म मानसिक रुपमा बलियो छु निरास छैन म रोगलाइ धेरै पटक पछारेको छु बरु मरे बा भन्दै ब्याकुल बनाएको छु अहिले पनि दौडमा छु कहिले त्यसले जित्छ त् कहिले मैले जितेको छु हाल सकिन्न कि क्याहो भन्दै छरे अस्ति भर्खर दिल्लीको एम्समा हल्ला चलेको रहेछ त्यो खबर ल्याउने पेट स्क्यान रहेछ डाक्टर समिर जीलाइ यहि अगस्त स्रोह तारिकख भेटेर भन्दै थियोरे ,के खाएछ संजिबिनी बुटी ? शुभले ! नभन्दै म पुनी तेही पुगे । ममा पनि आनन्द महसुस भयो ति डाक्टर साहबलाई भेट्दा ! खबर प्राप्त संगै !
जीवन एक चक्र हो मृत्यु र जन्म अकाट्य छ ,त्यसैले घमण्ड गर्नु मुर्खता हुन्छ कलि आजको भोलि रोग लाग्नु पाप होइन त्यसैले आनन्द लिनु पर्छ ।
सन्तान केको लागि ?हो कसैले व्यक्त गर्न नसकला तर हरेक अभिभाबकको मनमा मेरो बुढेसकालको साहारा वा बिरामी वा परिआएमा सहारा होला वा ….. !
हाल म पनि साहारा लिने भएको छु मलाइ सन्तानको खाचो छ , जीवनभर मेरो सन्तानले दुख पाउछन कि ? कतै गलत लाइनमा जान्छन कि ? कुन स्कुल र कुन कलेज राम्रो छ कुन बिषय पढाउदा राम्रो होला पैसा कहाबाट जुटाउने होला भन्दा भन्दै जिन्दकी बितेको खै थाहा नहुदो रहेछ । अझै बिबाह दान , नाति नातिना रे ! यो गरि दिएर हुन्छ कि त्यो गरि दिएर हुन्छ भन्दै सबैको जिन्दकी जान्छ त्यसैले पछुतो हुने काम नगरौ ! बेलैमा स्वास्थ प्रति सचेत बनौ !
कुलीन ,बिबेकहिन , दुस्ट सन्तान कसैको नहोस दुख माथि दुख हुन्छ !
मेरो जस्तो साहारा बनोस् । (श्रोत क्यान्सर रोग संग निरन्तर सघर्षरत शुभलाल भुसालको फेस बुक वालबाट)
१३ भाद्र २०८२, शुक्रबार








प्रतिक्रिया