बागमती

चिकित्सक जस्तै विरामी उपचारका लागि विदेश पलायन भए



काठमाडौँ, १३ भदौ ः

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै त्यसका लागि बढीभन्दा बढी योग्य चिकित्सकको आवश्यकता पर्ने उल्लेख गर्नुभएको छ ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित वार्षिक भेलालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रका लागि चिकित्सक नभई नहुने र चिकित्सकको आवश्यकता सबै ठाउँमा रहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, “नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ, सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन पनि बढीभन्दा बढी चिकित्सक उत्पादन गर्नुपर्छ ।” उहाँले बहुदलीय व्यवस्था पुनःस्थापनापछि कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सबै गाविसमा स्वास्थ्य चौकीको व्यवस्था गरेको जानकारी गराउँदै मुलुकका दुर्गम क्षेत्रमा अझै गुणस्तरीय स्वाथ्य सेवा पुग्न नसकेको उल्लेख गर्नुभयो ।

चिकित्सक विदेश पलायन भए जस्तै विरामी पनि उपचारका लागि विदेशिनबाट रोक्न अन्तर्राष्ट्रिस्तरको स्वास्थ्य सेवा पुरयाउनुपर्ने र नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने उहाँको धारणा थियो । सभापति देउवाले सरकारले स्वास्थ्य र शिक्षालाई महत्व दिएको उल्लेख गर्दै दुबै विषय सबै नागरिकका लागि जरुरी भएको र यी क्षेत्रमा अझै धरै काम गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रकाशित : १४ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६