कृषि

बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन



गलकोट (बागलुङ), १४ भदौः

बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषि विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।

पशुपालनका साथै कृषि उत्पादकत्व बढाउन तथा बजारीकरणमा किसानलाई सघाउने ती कार्यक्रमका निम्ति रु ४० लाख विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले राससलाई बताउनुभयो । 

चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका निम्ति रु २० लाख विनियोजन गरेको छ । कृषिउपज, माछामासु, अण्डा र दूधको बजारीकरणमा सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । (रासस)

प्रकाशित : १५ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६