डेक्स, भाद्र १५ –
थारु समुदायको आफ्नो मौलिक र सांस्कृतिक पर्व ‘बडकी आइतवारी’ को अवसरमा कपिलवस्तुका आठ पालिकाले सार्वजनिक विदा दिएका छन् । सार्वजनिक विदा बाणगंगा, शिवराज, कपिलवस्तु, महाराजगञ्ज, विजयनगर, यशोधरा, मायादेवी, शुद्धोधन पालिकाले सूचना नै जारी गरी दिएका छन् ।
मुख्य गरी आदिवासी थारु समुदायले भव्य रूपमा मनाउँदै आएको पर्व विशेष गरी कपिलवस्तु, नवलपरासी, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका थारु बाहुल्य क्षेत्रमा श्रद्धा र उत्साहका साथ मनाइन्छ । बडकी आइतवारी, थारु समुदायको एक विशेष धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो। हरेक वर्षको भाद्र महिनामा आइतबार पर्ने यस पर्वमा थारु समुदायले आफ्ना कुल देवताको पूजा–आराधना गरी स्वास्थ्य, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्ने बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरी बताउनुहुन्छ ।
यस दिन विशेष परिकारहरू जस्तै बारा, धिकरी, मासु, अँघौरा आदि बनाइे र महिला–पुरुष दुवैले परम्परागत पहिरनमा सजिएर नाचगान, झाँकी र अन्य सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने चलन रहेको विजय नगर गाउँ पालिका उपप्रमुख लक्ष्मी चौधरीले बताउनु भयो ।
थारु समुदायका अगुवा जंजिर प्रसाद चौधरी भन्नुहुन्छ “बडकी आइतवारी हाम्रो संस्कृतिको पहिचान हो। यस पर्वले हाम्रो समुदायको एकता, परम्परा र आस्थालाई बलियो बनाउने काम गर्छ।” भन्नु हुन्छ हरिनारायण थारु ।
हालका वर्षहरूमा थारु युवाहरूले पनि आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धनमा चासो देखाउन थालेको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले बताउनु भयो । लुम्बिनी प्रदेश भित्र बडकी आइतवारी पर्वलाई स्थानीय निकाय तथा संघसंस्थाहरूले पनि प्रवद्र्धन गर्दै आएको बताउनु संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी ।








प्रतिक्रिया