ब्रेकिंग न्युज

विद्यालय भवन निर्माणका लागि जनप्रतिनिधि र प्राविधिक टोलीद्वारा स्थलगत निरीक्षण



कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, बग्दीस्थित पूर्ण केशर माध्यमिक विद्यालयमा नयाँ भवन तथा शौचालय निर्माणका लागि जनप्रतिनिधि र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ।

संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा विद्यालय भवन निर्माणका लागि विनियोजन गरेको तीन करोड रुपैयाँ बजेट अन्तर्गत पूर्वाधार निर्माणको तयारीस्वरूप उक्त निरीक्षण गरिएको हो।

स्थलगत अध्ययनमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसूदन शरण चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, संघीय शहरी विकास तथा भवन कार्यालय, रुपन्देहीका इन्जिनियर नरसिंह चौधरीसहितको टोली सहभागी थियो।

विद्यालयका प्रधानाध्यापक लिला खनालका अनुसार विद्यालयमा हाल १,५०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी शुद्धोधन र मायादेवी गाउँपालिकाबाट आउने गरेका छन्।विद्यालयमा हाल २६ जना शिक्षक–शिक्षिका कार्यरत रहेको जानकारी पनि खनालले दिनुभयो।


प्रकाशित : १६ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६