ब्रेकिंग न्युज

सरसफाई अभियानमा सहभागी हुन शितगंगा नगरपालिकाको आग्रह



ठाडा, भदौ १६

शितगंगा नगरपालिकाले नगर क्षेत्रभित्र सरसफाई अभियानलाई प्रभावकारी बनाउन सरकारी तथा गैर–सरकारी निकायहरूलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

नगरकार्यपालिकाको हालै सम्पन्न बैठकले सरसफाई अभियानलाई निरन्तरता दिँदै सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको हो। बैठकले नगरपालिकामा रिक्त रहेका पदहरू पूर्तिका लागि आवश्यक कर्मचारी माग गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, हालै सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई बैठकमार्फत स्वागत गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६