अर्थ-वाणिज्य

सिनर्जी सहकारीद्वारा सहकारी बजार तथा कोशेली घर सञ्चालनमा



डेक्स, भदौ १६

बाणगंगा नगरपालिका–१, जितपुरमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बाणगंगा कपिलवस्तुले सहकारी बजार तथा कोशेली घर सञ्चालनमा ल्याएको छ।

स्थानीय स्रोत, साधन, कला, र संस्कृतिको वहुपयोग गर्दै बजार प्रवर्धनमा जोड दिने उद्देश्यले सहकारीले उक्त कार्यक्रमको थालनी गरेको हो।

सहकारी बजारमार्फत समुदायमा उत्पादन भएका वस्तुहरू उचित मूल्यमा खरिद गर्ने र सदस्यहरूले आवश्यक वस्तुहरू सुलभ मूल्यमा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ बजार तथा कोशेली घर सञ्चालन गरिएको बजार प्रमुख केशव खनालले जानकारी दिनुभयो।

संस्थाका व्यवस्थापक दिनामणि खनालका अनुसार, सदस्यहरूलाई उत्पादनसँग जोड्दै, सिप र प्रविधिको प्रयोगमार्फत समुदायमै अवसर सिर्जना गर्न पुँजीलाई उपलब्धिमूलक रूपमा परिचालन गर्दै आएको सहकारीले ‘समृद्धिका लागि सहकार्य’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढिरहेको छ।

सहकारी अभियानमार्फत समुदाय र सदस्यहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनस्तर उकास्न सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था सक्रिय रूपमा क्रियाशील रहेको संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद बेल्बासेले बताउनुभयो। यस अभियानमा लुम्बिनी प्रदेश सरकार र बाणगंगा नगरपालिकाको सहकार्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

झण्डै १२ हजार सदस्य रहेका संस्थाले हाल बाणगंगा नगरपालिकाभित्र ७ स्थानबाट सेवा प्रदान गरिरहेको उपाध्यक्ष कूलराज पौडेलले जानकारी दिनुभयो।

सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यहरू नै सहकारीका मालिक भएकाले बाणगंगा नगरवासीमा सहकारी प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा रहेको संस्थाका सचिव कृष्ण न्यौपानेले बताउनुभयो।

सहकारी बजार तथा कोशेली घर सञ्चालनबाट स्थानीय वस्तुको ब्रान्डिङ प्रवर्द्धन हुनुका साथै नगरमा बाह्य पर्यटक भित्र्याउन कोशेली घरको महत्वपूर्ण भूमिका रहने संयोजक शंकर पाण्डेले बताउनुभयो।

सहकारीले बाणगंगा–८, बोडगाउँमा सहकारी बजारसहित एग्रोभेट तथा प्रगतीनगरमा पनि एग्रोभेट सेवा सञ्चालन गरिरहेको जानकारी पनि दिएको छ।


प्रकाशित : १६ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६